२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् ।

मङ्गलवार बिहान लैनचौरमा भएको चियापान कार्यक्रममा शेरबहादुर देउवा र शेखर कोइराला सहभागी हुनु भएको हो । नेतृत्वका लागि भएको पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र कोइराला पौडेलको निम्तो मान्न लैनचौर पुग्नु भएको हो । उहाँले आफ्ना प्रतिनिधिलाई विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ ।
दोस्रो चरणको चुनावमा भने कसलाई समर्थन गर्ने भन्नेबारे उहाँले केही सार्वजनिक गर्नु भएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com