प्रचण्डले भने मैले सही बोलेको हुँ साना लगानीकर्ता सुरक्षित हुनुपर्छ

पूँजीबजारबारे दिएको अभिव्यक्तिका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिरो गएपनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो धारणा सही भएको दाबी गरेका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन क्रममा प्रचण्डले पूँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेका थिए ।
‘लगानीकर्ताको संरक्षण गर्न प्रतिवद्ध’
पूँजी बजारबारे लगानीकर्ताका हकमा प्रतिकूल धारणा राखेपनि प्रचण्डले उनीहरूको लगानी संरक्षण र साना लगाानीकर्ताको हित संरक्षण गर्न प्रतिवद्ध रहेको जनाएका छन् । साना लगानीकर्ताको हित र उनीहरूको लगानी सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने प्रचण्डले बताएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।