२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एभरेष्टले माग्यो ६ जना पाइलट

एभरेष्टले माग्यो ६ जना पाइलट

काठमाडौं । हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ । हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टले पाइलट मागेको हो । उसले एस थ्री फाइब जिरो बी थ्री इ नामको हेलिकोप्टर उडानका लागि जनशक्ति मागेको हो । यो हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ ।

हेलीले दुई इन्स्ट्रक्टर पाइलट, दुई कप्तान र दुई प्रशिक्षार्थी पाइलटको लागि आवेदन खुलाएको छ । इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र दुई हजार घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने बताएको छ । कप्तानमा आवेदन दिन लाइसेन्सँगै दुई हजार उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थीको हकमा विना अनुभव भए पनि लाइसेन्स अनिवार्य भनिएको छ ।
गत असोजमा कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी(थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको थियो । अहिले कम्पनीसँग तीनवटा हेलिकोप्टर छन् ।
कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकबाट हेली सेवाको मागलाई मध्यनजर गर्दै कम्पनीले हेलिकोप्टर थपेको थियो । तीन वर्षअघि नै हेलिकोप्टर थपेर क्षमता विस्तार योजना बनाएको कम्पनीले कोभिड संक्रमणका कारण थप्न सकेको थिएन ।

यो कम्पनीले सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइट लगायतको सेवा दिँदै आएको छ। हेलिकोप्टर खरिदका लागि कम्पनीले सिम्रिकसँग दुई महिना अगाडि नै सम्झौता गरेर प्रक्रिया सुरु गरेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com