२०८१ मंसिर २६ - Wed Dec, 2024 -

Janasewa News

नेपाल संवत‌्लाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्दछ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल संवत‌्लाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छन् । नेपाल संवत् ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो आवश्यकता औँल्याएकी हुन् ।

उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत् हरेकले लागू गर्दै आएको भए पनि त्यसको महत्त्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रूपमा अघि बढाउने कार्यलाई पनि तीव्रता दिनुपर्ने स्पष्ट पारिन् । उनले नेपाल संवत‌्लाई सरकारले राष्ट्रिय संवत्‌को मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रूपमा सबैले अघि बढाउनुपर्ने पनि बताइन् ।

उपमेयर डंगोलले भनिन्, ‘व्यवहारिक पक्षमा हामीले मनाउँदै आइरहेको र लागू गर्दै आइरहेको नेपाल संवत्, यसलाई भने हामीले अव बलियो बनाउने हो भने प्रशासनिक रूपमा यसको प्रयोगलाई कसरी अझ तीव्र गतिमा पुर्‍याउने हो, त्यसमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय संवत् राष्ट्रका हरेक व्यक्तिले बुझ्ने संवत् बनाउनु अहिलेको आवश्यकता पनि रहेको छ । काठमाडौँ महानगरपालिकाले हरेक वर्षजस्तै यस वर्ष पनि आजको यो समारोह गर्नका लागि सहयोग, साथ दिँदै आइरहेको छ । र आगामी दिनहरूमा पनि हामीले यसलाई निरन्तर रूपमा अघि बढाउने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु । साथै सरकारबाट हामीले राष्ट्रिय संवत् हुनुपर्छ भनिसकेका छौँ । राष्ट्रिय संवत् भई पनि सकेको छ । अब यसलाई लागू गर्नका लागि भने सरकारको पक्षबाट मात्र अपुग हुनसक्छ । हामीले दिनचर्यामा पनि प्रयोग गर्ने हामी सबैको जिम्मेवारी हो, दायित्व हो भनेर त्यो दायित्व बहन गरौँ पनि भन्न चाहन्छु ।’

त्यस अवसरमा उपमेयर डंगोलले नेपाल संवत् समारोहका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com