सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हो।
मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरी कारबाहीमा परेका छन् । उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।
क्यानद्वारा गठित अनुशासन उल्लङ्घन सम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पुर्णपाठ : विज्ञप्तिमा