२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

आयाक्सबाट एन्टोनीलाई भित्र्याउँदै युनाइटेड

आयाक्सबाट एन्टोनीलाई भित्र्याउँदै युनाइटेड

एजेन्सी
म्यानचेस्टर युनाइटेडले ब्राजिलका विंगर एन्टोनीलाई भित्र्याउन आयाक्ससँग सम्झौता गरेको छ । रिपोर्टका अनुसार युनाइटेडले एन्टोनीका लागि ८-०७ करोड पाउन्ड खर्च गर्नेछ भने एडअनमा थप ४२-५ लाख पाउन्ड खर्च गर्नेछ ।

२२ वर्षीय खेलाडीले आगामी ४८ घण्टाभित्र म्यानचेस्टर आएर मेडिकल गर्ने बताइएको छ । योसँगै उनी ह्यारी म्याग्वायरसँगै क्लबको दोस्रो महँगो खेलाडी बन्ने छन् । यसअघि क्लबले पाउल पोग्बाका लागि ८-९ करोड पाउन्ड खर्च गरेको थियो ।

आयाक्सका लागि एन्टोनीले ८२ खेलमा २५ गोल गर्नुका साथै २२ वटा गोलको अवसर सिर्जना गरेका छन् । उनी सन् २०२० साउपाउलोबाट डच टोलीमा अनुबन्ध भएका थिए । उनले युनाइटेडका म्यानेजर एरिक टेन हागको नेतृत्वमा पनि आयाक्समा खेलेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com