२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

भीम रावलले आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्ने खेल चालेको हुनसक्ने आशंका

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्ने खेल चालेको हुनसक्ने आशंका गरेका छन् ।

आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै नेता रावलले यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com