राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा वसन्त लामिछाने
देउखुरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. वसन्त लामिछानेलाई जिम्मेवारी दिइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय बैठकबाट डा. लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
बिहीबार बसेको सहकुलपतिस्तरको बैठकले शिक्षाध्यक्षसमेत रहेका लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीको कार्यकाल मङ्सिर २६ गते सकिएपछि डा लामिछानेलाई जिम्मेवारी तोकिएका हो । (रासस)