२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा

काठमाण्डौँ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका–३ सिप्तिङ्ग गाउँ यतिबेला सुन्तला पाकेर पयलपुर देखिन्छ । यहाँका किसानलाई बारीको सुन्तला टिपेर बिक्री गर्न यतिबेला भ्याइनभ्याइ छ ।

गतिलो आम्दानी हुने भएपछि सबै स्थानीय अहिले अन्य खेतीको साटो सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् । सिप्तिङ्गका २२ वर्षीय जलन राईले पनि केही वर्ष यता सुन्तला खेती गर्दै आएका छन् ।

करिब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आम्दानी र उत्पादन राम्रो भएकै कारण यहाँका कृषक सुन्तला खेतीमै रमाउन थालेका हुन् ।

धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा संलग्न छन् । उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोतनै सुन्तला हो ।

तर, पछिल्लो समय सुन्तला उत्पादक कृषक बजार, विचौलिया, रोगकिराको कारण समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मुल्य नपाउनु, कहिले बजार नपाउनु त कहिले रोगकीराले बगाननै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेको कृषक रेशकुमार राईको गुनासो छ ।

यहाँका सुन्तला अन्य ठाउँको सुन्तला भन्दा रसिलो हुने भएकाले यहाँका सुन्तलाको तराईका जिल्लामा माग बढ्दै गएको छ । सुन्तला टिप्ने र डोकोको माध्यमबाट सडकसम्म पुर्‍याउनु पर्दा यहाँका सुन्तला कृषक मारमा पर्ने गरेका छन् ।

यहाँ बाहेक धनकुटा नगरपालिकाकै अन्य क्षेत्र सहित सहिदभुमी गाँउपालिका, पाख्रिवास नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र धनकुटाकाले जिल्लामा झण्डै ६ सय हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेट्रिकटन भन्दा बढि सुन्तला उत्पादन हुने जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com