२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

माओवादी वागमती प्रदेशको निर्वाचन प्रक्रिया सुरु: ६ बजे मतदान

नेकपा माओवादी केन्द्र वागमती प्रदेशको पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ५ः५५ बजे मतदानका लागि समय निर्धारण गरेको छ । त्यसअघि मतदाता नामावली प्रकाशन, दावी विरोध,उम्मेदवारको मनोनयन लगायतका कार्यसुची रहेका छन् । माओवादीका वागमती प्रदेशमा २७५ जना मतदाता छन् ।

आगामी पुस ११–१३ गते आयोजना गरिने राष्ट्रिय सम्मेलनअन्तर्गत सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो । यसअघि सबै तहका नेतृत्व माओवादी केन्द्रले सर्वसम्मति कै आधारमा चयन गरेको थियो । प्रदेश अध्यक्षका लागि तीन भन्दा बढि आकांक्षी भएपछि माओवादीले प्रदेश नेतृत्व चयनका लागि निर्वाचन गर्न लागेको हो । अध्यक्षसहित नौ पदमा हुने निर्वाचनमा अध्यक्षका लागि काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com