एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँड

काठमाण्डौँ । आज (मंगलबार) जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खाँडले सरकार एमसीसी परियोजना अगाडि बढाउने पक्षमा नै रहेको र यसले गरिबी निवारणमा मद्दत पुग्ने बताए ।

उनले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका सबै प्रकृयाहरू अगाडि बढाइएको बताए । वर्तमान सरकारले यसलाई अगाडि बढाएर पास गराउनु सरकारकै दायित्व हुने उनको भनाइ थियो ।

गृहमन्त्री बालकृष्ण खाँडले धनुषा पुगि अमेरिकी सहयोग परियोजना एमसीसी प्रक्रिया अगाडि बढाउनु सरकारको दायित्व रहेको बताएका छन् ।

तर सरकारले चाहेर मात्र नहुने र सबै मुख्य राजनीतिक दलहरुको सहमति एवं सहाकार्यबाट नै एमसीसी प्रक्रिया अगाडि बढाइनेमा उनले प्रस्ट पारे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: