२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

भारतकी नोरा फतेही २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिए

नोरा फतेही भारतमा अत्यन्त कम समयमा व्यापक चर्चामा आएकी हुन् । २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको थप चर्चा चुलिएको हो । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो ।

नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, गायिका र निर्माता पनि हुन् । क्यानडामा मोडलिङ र डान्सिङ करियरको सुरुवात गरेपछि नोरा भारत छिरेकी हुन् ।उनी क्यानाडा जन्मिएतापनी उनको आमा ईन्डियन थिईन त्यसैले उनलाई ईन्डिया आउइन् ।

उनको स्कुल जीवन सकेपछि परिवारमा समस्याहरु बढ्दै गए । उनलाई बाल्यकाल देखिनै बलिउडमा पाईला राख्ने रहर थियो ।नोराको फिल्मी करियरको सुरुवात भारतमा सन् २०१५ मा भएको थियो । नोराले सबैभन्दा पहिले सन् २०१५ मा फिल्म ‘रोर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

यसपछि उनी साउथ इन्डियन फिल्म ‘डबल बेरल ओक कायमकुलम कोचिनी’ मा देखा परिन् ।नोरालाई भारतमा यती सजिलोसँग काम भने मिलेको थिएन । नोरालाई यसका लागि अत्यन्तै मिहिनेत गर्नु परेको थियो । हिन्दी भाषा नजानेको भन्दै नोराले धेरै कुरा सुन्नु पनि परेको थियो ।

नोराले एक अन्तरवार्तामा आफूले ५ हजार रुपैयाँ मात्रै लिएर भारत छिरेको बताएकी थिइन् । भारत आएपछि पनि काम पाउन त्यति सजिलो भएन । भारत आएको केही महिनापछि नोराको भेटघाट एक महिला कास्टिङ निर्देशकसँग भएको थियो ।ती कास्टिङ निर्देशकले नोरालाई घर बोलाएर असाध्यै नराम्रो व्यवहार गरेको पनि बताएकी थिइन् ।

उनका अनुसार निर्देशकले भनेकी थिइन्, ‘हाम्रो फिल्मी उद्योग तिमीहरु जस्ता सिप नभएका मानिसका कारण असाध्यै समस्या झेल्न बाध्य भएको छ । त्यसपछि नोराले पनि भनिन्, ‘तिमी सिपालु छौ नि ।’ तर नोरालाई उनको कुराले साह्रै चित्त दुख्यो र उनले भारत छोडेर देश फर्किनेसमेत सोच बनाएको बताइन् ।

बिस्तारै उनले बिज्ञापन खेल्न थालिन् । यसले मात्र दैनिकी चलाउन उनलाई मुस्किल भयो । त्यसपछी उनले दिउँसो रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न थालिन । यतिमात्र होईन रातको समयमा उनले टेलि सेन्टरमा पनि काम गरिन । बिचको बाँकी समयमा भने उनले मोडलिङलाई दिईन ।

उनको जिन्दगी निकै मुश्किल बन्दै गएपछी धेरै पटक क्यानडा नै फर्केने निधो गरिन । तर पटकपटक विभिन्न कारणले मुम्बईमा नै रोकिन पुगिन ।उनले सन् २०१५ मा बिग बोस–९ मा भाग लिएकी थिइन । त्यसपछि उनको नाम चर्चामा आउन थालेको हो ।नोरा ८४ दिनसम्म शो मै रहेकी थिइन् ।

त्यहाँ उनको र प्रिन्स नरुलाको रोमान्टिक केमिस्ट्रि पनि हेर्न पाइएको थियो । शो पछि नोरालाई देशभरी पहिचान मिलेको थियो । त्यसपछि नोरा झलक दिखलाजा–९ मा देखिइन् । उनीद्वारा अभिनित गीत दिलबर–दिलबरले २४ घन्टाको अवधिमा २ करोड भ्युअर पाएको थियो । यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

उनको कमाइको कुरा गर्ने हो भने उनी एक गीतका लागि ४० लाखदेखि १ करोड भारुसम्म शुल्क लिने गर्छिन् ।यसका अलावा ब्रान्डको विज्ञापनका लागि पनि लाखौ रकम लिने गर्छिन् ।नोरा भारतमै सर्वाधिक बढी शुल्क लिने डान्सर मध्येकी एक हुन् उनी सर्वाधिक आयकर तिर्ने नायिका मध्येकी एक पनि हुन् ।

नोरा हालको समयमा करोडौँको मालिकनी पनि हुन् । २०२० मा नोराको कुल सम्पत्ति १५ लाख डलर थियो । तर हाल आएर यसमा दुई गुणाले वृद्धि भएर ३० लाख डलर अर्थात ३६ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com