२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास : सर्भे

४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास : सर्भे

एजेन्सी । पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ ।

पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको प्राप्त समाचारमा जनाइएको छ ।

आगामी छ महिनामा पाकिस्तानको वर्तमान आर्थिक अवस्थामा सुधार आउने उनीहरुले अनुसन्धानका क्रममा बताएका हुन् ।
यहाँका ग्यालप र गिलानी क्षेत्रमा पाकिस्तानीले गरेको सर्भेक्षणमा उनीहरुलाई पाकिस्तानको अहिलेको आर्थिक अवस्था कस्तो लाग्छ र यसमा सुधार आउँछ कि आउँदैन भन्ने प्रश्न गरिएको थियो ।

यो प्रश्नको जवाफ दिने क्रममा ४५ प्रतिशतले पाकिस्तानको अहिलेको आर्थिक अवस्था खराब रहेको बताउँदै तर पनि आगामी छ महिनापछि यो अवस्थामा सुधार आउने बताएका हुन् ।

यो प्रश्नको जवाफ दिने क्रममा छ प्रतिशत उत्तरकर्ताले अहिलेको अवस्था निकै धेरै सुधार आउने बताएका छन् भने अरु ३९ प्रतिशतले पनि सुधार आउने बताएका छन् ।

तर उक्त सर्भेक्षणमा सहभागीमध्ये सो प्रश्नको जवाफमा २१ प्रतिशत मानिसले अहिलेको अवस्थामा परिवर्तन नै नआउने बताएका थिए भने २३ प्रतिशतले त अहिलेको अवस्था भन्दा पनि झनै खराब हुने बताएका थिए ।

पाकिस्तानमा आर्थिक अवस्था बिग्रिँदै गएको बताइएको छ । यसका कारण यहाँको सरकारले पनि आर्थिक सुधारका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताउने गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com