२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ : सीपी गजुरेल

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको ८औँ महाधिवेशनलाई शुभकामना दिन पुगे सीपी गजुरेल

आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए ।

‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षौँसम्म सँगै बसेको अनुभूति भएको छ । यहाँ सहभागी हुँदा पुराना दिन सम्झाना भयो’, गजुरेलले भन्नुभयो ।

प्रचण्डले बेला–बेला सबै पूर्वमाओवादी एक हुनुपर्छ भनेको सुन्दा खुसी लाग्ने गरेको बताउँदै गजुरेलले त्यसका लागि केही आधार हुनुपर्ने बताउनुभएको छ ।

‘हामी चाहन्छौँ नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ, हामीले लिएको लक्ष्य पूरा गर्न हामी सबै क्रान्तिकारी एक ठाउँमा हुनुपर्छ, तर त्यसका लागि केही आधार हुनुपर्छ’, उहाँले भन्नुभयो ।

‘यदि पूर्वमाओवादी एकजुट हुने हो भने यो महाधिवेशनले जनयुद्ध सुरु गर्नुअघिको केन्द्रीय कमिटीको बैठकमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । जनयुद्धको लक्ष्य अपूरो छ, नेपाललाई जनगणतन्त्रिक देश बनाउनुपर्छ । राष्ट्रिय स्वाधीनताको विषयमा महत्त्वपूर्ण निर्णय लिनुहोस् । एमसीसी खारेज गर्नुहोस् । नेपालले गुमाएका भू–भाग नक्सामा मात्रै नभइ व्यवहारमै नेपालले पाओस्, त्यसपछि एकताको कुरा गरौँ’, गजुरेलले भन्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com