२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आठौँ महाधिवेशनको बन्दसत्र चलिरहँदा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आठौँ महाधिवेशनको बन्दसत्र चलिरहँदा सोही भवनमा स्थायी समिति बैठक सुरु भएको हो ।

आज बिहान ११ बजे सुरु भएको बैठकमा पार्टीको पदाधिकारी संख्या र त्यसमा विभिन्न समूह ९क्लस्टर०को सहभागिता व्यवस्थापन गर्ने, महाधिवेशनमा प्रस्तुत पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन तथा संशोधित विधान लगायत बन्दसत्रमा उठेका विषयमा कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज प्रतिनिधिहरुको २५ समूहमा छलफल हुँदैछ । छलफलपश्चात उनीहरुले सुझाव दिनेछन् भने आवश्यक सुझाव समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com