२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउनेछ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध समुदायले मनाउने पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने बताउनुभयो ।

बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता रहेको र गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यो पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको भनिएको छ ।

गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन रहेको र यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन रहेको उल्लेख गर्दै सन्देशमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको जनाइएको

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com