२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय शैलेन्द्रको ज्यान गयो

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित सडकमा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सात जना रहेको सो ट्रयाक्टर तीव्रगतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com