अल्लु अर्जुनका ३ फिल्म मात्र फ्लप

काठमाडौं । चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा धुम मच्चाइरहँदा साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज पनि चुलिएको छ । अर्जुनको स्टाइल, डान्स, उनको दाह्री र शारीरिक हाउभाउले दर्शकको मन जितेको छ ।
अल्लु अर्जुनले करिब ३० वटा चलचित्रमा काम गरिसकेका छन् । तर, आजसम्म उनको जम्मा तीन वटा मात्र चलचित्र असफल भएका छन् ।
अल्लु अर्जुनका पिता अल्लु अरविन्द चलचित्र निर्माता हुन् । यस्तै, उनका हजुरबुबा अल्लु रामालिंगैया पद्य भूषणबाट सम्मानित कमेडियन थिए ।
अल्लु अर्जुनले सन् १९८३ मा नै दुई वर्षको उमेरमा ‘विजेता’ नामक चलचित्रमा काम गरेका थिए । उनले ‘गंगोत्री’ नामक चलचित्रबाट नायकको रुपमा डेब्यु गरेका हुन् । अल्लुलाई साउथका माइकल ज्याक्सन समेत भन्ने गरिन्छ । उनको डान्सिङ स्टाइल हेरेर दर्शकले उनलाई यो उपनाम दिएका हुन् ।
अल्लुले एउटा चलचित्रमा काम गरेको १६ देखि १८ करोड भारु पारिश्रमिक लिँदै आएका छन् । उनीसँग ३ सय ६० करोडको सम्पत्ति छ । उनले सन् २०११ मा स्नेहा रेड्डीसँग बिहे गरेका थिए । उनको २ सन्तान छन् ।