माओवादी केन्द्रको केन्द्रीय समितिमा धादिङ जिल्लाबाट छ जना निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा धादिङ बाट छ जना केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
गत पुस ११ गतेदेखी काठमाडौँमा सञ्चालन भएको माओवादी केन्द्रको महाधिवेशन हिजो १८ गते साँझ केन्द्रीय कमिटीका सदस्यहरु चयन गर्दै सम्पन्न भएको छ । माओवादीको केन्द्रीय कमिटीले अध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले महाधिवेशन हलमा केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभएकामा हलले सर्वसम्मत पारित गरेको हो ।
धादिङबाट केन्द्रीय समितिमा पर्नु भएका (पुष्प बिक्रम मल्ल), (शालिकराम जम्कटेल),
(कल्पना धमलां), (दिपा सिंम्खडा), (ओम शर्मा), (विष्णु पुकार श्रेष्ठ) चयन हुनुभयो ।