गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक
![](https://www.janasewanews.com/wp-content/uploads/2022/01/ramkrisna-1.jpg)
काठमाडौं । गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा उनको आवाजको ‘तिमी त’ बोलको गीत सार्वजनिक भएको हो ।
यादव भट्टराईको लेखन रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको भिडियोमा गायक ढकाल नै फिचर्ड छन् ।