२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

रेखा थापा स्टारर ‘उपहार’को गीत ‘खाडीमा भेटौंला’ सार्वजनिक

काठमाडौं । रेखा थापा स्टारर फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को नयाँ गीत ‘खाडीमा भेटौंला’ रिलिज भएको छ । गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । भिडियोमा रेखासहित मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्म यतिबेला देशभरका हलमा प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको ब्यानरमा बनेको यो मल्टिस्टारर फिल्मले सडक ब्यापारीको कथा पेश गर्छ ।

फिल्ममा रेखाले चिया पसल व्यवसायीको भूमिका निर्वाह गरेकी छन् । सडकमा ब्यापार गर्न निषेध गर्ने महानगरको कथावस्तु यसमा पेश गरिएको छ । फिल्ममा रेखासहित पूजा शर्मा, बेनिशा हमालको शीर्ष भूमिका छ ।

बलराम शाही कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्मले पहिलो सप्ताहन्त उत्साहजनक ब्यापार गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com