२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताए

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच केही कुरामा असन्तुष्टि देखिए पनि विवाद भनेर चित्रित गरिएको उनले बताए । उनले अब सबै खेलाडी विश्वकप छनोटमा केन्द्रित हुने पनि बताए ।

उनले टिममा कसैसँग दुस्मनी नभएको उल्लेख गर्दै भने, हामी एकअर्काबीच दुस्मनी छैन । १०-१२ वर्षदेखि हामी सबै सँगै खेलिरहेका छौँ कसैसँग मनमुटाव भएको होइन । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यत्रो दिन यस्तो अवस्था आउँथेन । वर्गीकरण गर्दा हामीलाई जानकारी गराइएको थिएन । त्यसैले अलिअलि असन्तुष्टि पैदा भएको हो ।

त्यस्तै मल्लले आफूलाई बिनाजानकारी कप्तानबाट हटाउँदा दुस्ख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए । उनले अगाडि भने, सुरुमा बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दुस्ख लाग्यो । अलि गाह्रो भएको थियो । हामी कहिल्यै पनि बोर्डविरुद्ध गएका होइनौँ । आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो । सधैंभरि कप्तान बन्न भनेर आएको होइन । हुनुपर्छ भन्ने पनि होइन । म देशका लागि खेल्ने हो । मेरा लागि खेल्छु, परिवारका लागि खेल्छु मेरो मुख्य उद्देश्य नै त्यही हो ।

त्यस्तै क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ता लिने सहमति भएको पनि मल्लले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com