२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

विश्वकप खेलेका खेलाडीलाई विश्राम दिँदै टोटेनहम

विश्वकप खेलेका खेलाडीलाई विश्राम दिँदै टोटेनहम

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डविरुद्ध हुने खेलका लागि टोटेनहमले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल खेलेका खेलाडीलाई नखेलाउने भएको छ ।

बीबीसीले जनाएअनुसार विश्वकप खेलेका खेलाडीलाई ब्रेन्टफोर्डविरुद्धको खेलका लागि टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले विश्राम दिने भएका हुन् ।

विश्वकप समापन भएको ८ दिनभित्रै लिग आजबाट सुरु हुँदैछ । समग्रमा टोटेनहमका १२ खेलाडीले विश्वकप खेलेका थिए ।

फ्रान्सका लागि विश्वकप खेलेका ह्युगो ललोरिस तथा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोलाई विश्राम दिइने निश्चित भइसकेको छ । फ्रान्स र अर्जेन्टिनाले विश्वकपको फाइनल खेलेका थिए ।

यता उरुग्वेका रोड्रिगो बेन्टान्कर तथा ब्राजिलका रिचार्लीसनले पनि सोमबारको खेल खेल्ने छैनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com