२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सुरु भयो रोल्पामा साहित्य महोत्सव

रोल्पामा सुनिल स्मृति साहित्य महोत्सव सुरु भएको छ । पौष २४ र २५ गते सम्म संचालन हुने महोत्सव आज पूर्व सभामुख एवं नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो ।

विभिन्न साहित्यकार, राजनितिज्ञहरुको सहभागितामा हुने महोत्सवमा विभिन्न साहित्यकारहरुले आफ्ना रचना बाचन गर्ने छन् भने विभिन्न विषयमा बहस मुलक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ । कार्यक्रम उद्घाटन गर्दै महराले साहित्य समाजलाई सचेत बनाउने बलियो हतियार भएको बनाउनु भएको छ ।

साहित्य मार्फत नै समाज रुपान्तरण गर्न सकिने बताउदै महराले परिवर्तन संग पनि जोडिनु पर्ने बताउनु भएको छ । देश बदल्नका लागि साहित्यको महत्वपूर्ण भुमिका रहने भएकोले साहित्यलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले जनयुद्ध कै कारण जनताको चेनता अभिवृद्धि भएको जिकिर गर्दै अब त्यसलाई पुजिको रुपमा बिकास गरिनु पर्ने बताउनु भयो ।

जनयुद्धले गर्दा नै रोल्पामा विकासको निर्माणको लहर आएको बताउँदै त्यसका लागि सबैले जनयुद्धलाई आत्मसाथीकरण गर्नका लागि अपिल गर्नभयो । पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो कार्यकालमा हात हातमा मोवाईल, घर घरमा इन्टरनेटको नाराले आज सार्थकता पाएर देश नै सञ्चारमय भएको बताउनुभयो । यस्तै देशमा सडक, विजुली भौतिक पूर्वाधार र जनताको चेतनाको विकास भएको बताउनुभयो ।

उहाँले रोल्पा जिल्लालाई विगतको राज्यसत्ताबाट उपेक्षित बनाउनुभयो रोल्पा उत्पीडितमा परेको जिल्ला भएको बताउँदै रोल्पा लुकको जिल्ला भएको बताउँदै त्यसका लागि अब साहित्य क्षेत्राबाट अगाडि बढाउनको लागि अनुरोध गर्नभयो ।
मनतव्यको अन्तमा २०३८ सालमा लेखेको कविता प्रस्तुत गर्नुभएको थियो ।

उठ ए ! जनता हो !!
अझै लाटा भएर नबस, तिमीलाई यहाँ
अकालै मृत्यको खुम तिर धकेलिएको छ
तिमीलाई यहाँ आजै
तिम्रो मासुको भतेर लगाउन षडयन्त्र रचिदै छ
तिमी भनेको अझै चुव लागेर बसिरहेका छाँै
कोही निदाइरहेको छौँ
बुझ ए !
कर्म त तिमी आफै बनाउन सक्छाँै
तिमीले आफ्नो यात्रुलाई
राम्ररी चिनेर नाप्नै पर्द

उनीहरु रगत पिउनै पर्दछ
तिमीहरु थोरै छैनौ
यहाँ
उठ मात्रै
तिमी जस्ता असंख्य सर्वहाराहरुले
तिम्रा काँध मिलाएर
साथ दिने छन्
तिमीलाई !!

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com