२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नयाँ भर्सनमा ओरिजीनल गायिकाको नाम समेत उल्लेख नगर्नु दुखद् र अन्यायपूर्ण : अन्जु पन्त

काठमाडौं । गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘यतीबेला विवादमा परेको छ । यो गजललाई केही दिनअघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि अहिले यो गजलको प्रस्तुति विवादमा परेको हो ।

यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएर बजारमा ल्याईएको थियो । त्यतिबेला निकै चलेको यो गजललाई अहिले रचना रिमालको स्वरमा रेकर्ड गरेर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि श्रष्ठाहरुले यसको टिप्पणी गरेका छन् ।

यसैबीच गीतको गायिका अन्जु पन्तले ओरिजीनल गायकरगायिकाको नाम उल्लेख नगरिनु दुखद् भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ ।’

उनले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार सम्बन्धित पक्षले समाधानको उपाय निकाल्ने आशा व्यक्त गरेकी छन् । ‘आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस्,’ उनले लेखेकी छन् ।

यद्यपी उनले गजललाई नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन् । उनले भनेकी छन, ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com