२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

संसद अवरोध गर्नु रहर होइन बाध्यता होः सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् ।

इलाममा पत्रकारहरूसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् । हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए ।

संसद् अवरोध गर्नु रहर नभइ बाध्यता भएको बताउँदै नेम्वाङले सरकारका लागि संसद अवरोध हुनु दुर्भाग्य भएको बताए ।

एमालेको १०औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसीसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले नै गरेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com