२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा उहाँले सवै प्रदेशमा कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा छलफल गर्नु भएको अधिकारीहरूले जनाएका छन् ।

मणिपुरका मुख्यमन्त्री जोरामथांगाले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका बीचमा भिडियो मार्फत छलफल भएको हो ।

छलफलका क्रममा प्रधानमन्त्री मोदीले महामारी नियन्त्रणका लागि उपयुक्त कामहरु सवैले आ आफ्नो ठाउँबाट गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कोरोनाभाइरस र त्यसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन आइरसको महामारी तिव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफल भएको हो ।

प्रधानमन्त्री मोदीले जिल्ला तहमा स्वास्थ्य संरचनाहरुको विकास, निर्माण तथा विस्तार पनि बढाउन आह्वान गर्नु भएको थियो ।

स्वास्थ्य संरचनाहरु पर्याप्त नहुँदा विरामीहरुले सेवा नपाउने र महामारी थप फैलिइ थप क्षती हुने भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनाको निर्माण पर्याप्त रुपमा हुनुपर्ने प्रधानमन्त्री मोदीको जोड दिनुभयो ।

भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ४७ हजार ४१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

त्यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएको जनाइएको थियो ।

महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ भने दोस्रो धेरै सङ्क्रमित दिल्ली प्रदेशमा रहेका छन् ।

भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com