२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रदेश नं १ मा ८९१ मा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एकरएक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो ।

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा छ, इनरुवा र स्थानीय तह नखुलेका चाररचार, देवानगञ्ज, बराहक्षेत्र र कोसी गाउँपालिकामा तीनरतीन, हरिनगर र रामधुनीमा दुईरदुई, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बूढीगङ्गा र स्थानीय तह नखुलेका तीन÷तीन, लेटाङ, कानेपोखरी र ग्रामथानमा दुईरदुई, धनपालथान, सुनवर्षी, कटहरी, उर्लाबारी, पथरी शनिश्चरे र रङ्गेलीमा एकरएक जनामा सङ्क्रमण देखिएको छ ।

यसैगरी झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा नौ, कनकाइमा आठ, शिवसताक्षी र मेचीनगरमा पाँचरपाँच, अर्जुनधारामा चार, कचनकवल र कमल गाउँपालिकामा दुईरदुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, सङ्खुवासभाको मकालु र स्थानीय तह नखुलेका एकरएक, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एकरएक, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एकरएक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज नौ महिलासहित २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com