२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

आज मुलुकभर एकैदिन थपिए ११३५२ नयाँ संक्रमित, चारको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १८ हजार ७८ पीसीआर परीक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणका क्रममा १ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ । त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् ।

हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइसोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com