२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गर्नुभएको छ । उहाँले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको मंगलबार बताउनुभएको हो ।

महासचिव गुटर्रेसले भन्नुभएको छ– सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।

केही दिनअघि यहाँ नागरिकले गरेको प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले यस्तो हिंसाबाट कुनै पनि किसीमको निकास निकाल्न सहज छैन भन्दै सुडानी सरकार र यहाँका सबै राजनीतिक शक्तिले समयमै यो कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com