२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वकै शक्तिशाली मुलुक भएको दावी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वकै शक्तिशाली मुलुक भएको दावी गरेका छन् । उनले अहिलेसम्म भारतलाई हल्लाउने कुनै शक्ति नजन्मिएको जिकिर गरे ।

स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले स्वतन्त्र भारतको सपनाका लागि विश्वास कहिल्यौ नगुमाउन पनि आम रुपमा उद्घोषसमेत गरेका छन्। त्यस्तैगरी उनले भारतको १००औं स्वतन्ता दिवस अघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य पनि सुनाएका छन्।

‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन,’ उनले भने, ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ।’

उनले भारतलाई हालसम्मको स्थिती सम्ममा ल्याउनका लागि सहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । शहीदहरुले देशका लागि अमूल्य जीवन समर्पण गरेको उनले उल्लेख गरेका थिए ।

भारतले करिब २५ वर्षपछि अर्थात सन् २०४७ मा १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com