२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नाइजेरियामा आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

एजेन्सी । नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको यहाँको प्रहरीले जनाएको छ । नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार नाइजेरियाको विशेष गरी जामफारा राज्यबाट अधिकांश अपहरित व्यक्तिहरु मुक्त भएका हुन् ।

उनीहरु अपहरण परेको उजुरीपछि प्रहरीले उनीहरुको खोजीका लागि विशेष सुरक्षा दस्ता लगाएको र अपहरणमुक्त गराएको नाइजेरियाली प्रहरीले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । खोजीका क्रममा उनीहरुलाई गएको बुधबारदेखि आइतबारसम्ममा मुक्त गराइएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

नाइजेरियामा त्यहाँका बोको हराम आतंककारीहरुले धेरैजसो विद्याथी र शिक्षक तथा कहिलेकाहीँ सर्वसाधारण नागरिकलाई अपहरण गरी बेपत्ता बनाउने गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com