२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सेनेगल अफ्रिका कापको फाइनलमा

एजेन्सी । सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बुर्किना फासोलाई ३(१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सेनेगललाई जित दिलाउनको लागि एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले समान एक(एक गोल गरे । बुर्किना फासोका लागि इब्रहिमा ब्लाटीले एक गोल फर्काए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ७०औँ मिनेटमा एब्डोउ डिएलोले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । ७६औँ मिनेटमा इड्रिसा गाना गुआइले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए ।

८२औँ मिनेटमा इब्राहिमा ब्लटीले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्काउने संकेत दिए । तर ८७औँ मिनेटमा मानेले गोल गर्दै सेनेगललाई सानदार जित दिलाए ।

अब उपाधिको लागि सेनेगलले आयोजक क्यामरुन र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com