२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

क्यामरूनलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट

काठमाडौँ । गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै फाइनलमा इजिप्टको भेट सेनेगलसँग पक्का गराएका हुन् ।

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए ।

अब उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गएराति भएको खेलमा बुर्किना फासोलाई ३(१ अन्तरले पराजित गर्दै सेनेगल फाइनल पुगेको हो ।
फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई अट्याकर साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com