२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको गीत सार्वजनिक भएको ५ घण्टामै ट्रेन्डिङमा

काठमाडौं । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको गीत सार्वजनिक भएको ५ घण्टामै ट्रेन्डिङमा परेको छ ।

सोमबार सार्वजनिक भएको प्रमोद र रुक्सानाको गीत ‘नोगेन’ म्युजिक भिडियो केही घण्टामै युट्युवको ट्रेन्डिङमा परेको हो ।

हाल उक्त गीतको म्युजिक भिडियो युट्युबको म्युजिक विद्याको ट्रेन्डिङ ७ मा रहेको छ । उक्त भिडियो सोमबार सार्वजनिक भएको ५ घण्टामै ट्रेन्डिङ ९ मा परेको थियो ।

गीतमा शब्द संगीत महेश खड्काको रहेको छ । त्यस्तै भिडियोको फिचरिङमा स्वयम गायक प्रमोद खरेल र रुक्साना लिम्बूको रहेको छ ।

‘द भ्वइस अफ किड्स’मार्फत उदाएकी रुक्सानालाई उनकै कोच प्रमोद खरेलले युगल गीत गाउने अवसर दिएका हुन् ।

विशेषगरी लिम्बू भाषा ‘नोगेन’को अर्थ धन्यवाद हो । उक्त गीत मार्फत रुक्सानाले आफ्नो कोचलाई धन्यवाद भनेको अर्थ रहेको छ ।

त्यस्तै प्रमोदले पनि रुक्सानाप्रतिको स्नेह र भविष्यको निर्देशको प्रतिकको रुपमा गीतलाई प्रस्तुत गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com