२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रबारे छानबिन गर्नुपर्छ : डा. भीम रावल

काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को मुख्यालयलाई लेखेको पत्रबारे छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले देउवा र प्रचण्डले असोज १३ गते लेखेको पत्रबारे छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

रावलले देउवा र प्रचण्डको उक्त पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताएका छन् । उनले भने, ‘ प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौं समय दिनुपर्‍यो भन्नुभएको छ । एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो रु’

रावलले देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रले नेपालको कूटनीति कसरी चलेको छ भन्ने छर्लंग बनाएको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com