२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैगरी बेलायतमा बस्ने नेपालीहरू पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन ९इन्टरनेशनल० डा। पदम सिम्खडाले बताए । यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भए पनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिए । बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए । पोस्ट कोभिड र खोपको बारेमा गरिएको उक्त भर्चुअल कार्यक्रममा भाइरसले कसरी आक्रमण गर्छ, यसबाट बच्ने उपाय, खोपको महत्व, नयाँ भेरिएन्ट ओमिक्रोन लगायत यसका लक्षणबारे वक्ताद्वय सापकोटा र सिम्खडाले प्रष्ट पारेका थिए ।

विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाए । विश्वभरको तथ्यांक अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com