मुलुकभन्दा ठूलो गठबन्धन होईन : अध्यक्ष चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताएका हुन् ।
उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकिर गरे । अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ । उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठीक काम गरेको पनि बताए ।
एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस बिषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए ।