२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

मार्शल आर्ट्समा समर्पित मास्टर सुनिल शाक्यले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यासको घोषणा

काठमाडौं । मार्शल आर्ट्समा समर्पित मास्टर सुनिल शाक्यले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन । उनी बिगत तीन दशकदेखि मार्सल आर्ट्समा समर्पित थिए ।

सन् २०२१ को अन्तिमतिर सम्पन्न भएको ग्लोबल ओपन वोर्ल्ड च्याम्पेन्शिप र च्यामपेन मास्टर्स २०२१ मा कुङ्फु, तेक्वोन्दो, ताएची र वेअपोन्स्मा गरि कुल ५ स्वर्णपदक जित्दै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका हुन् ।

सन् २०२० मा हाईरेन्ज बुक अफ वोर्ल्ड लङ्गेस्ट ताएची पर्फम र ७ डिफरेन्स मार्सल आर्ट्स पर्फम ब्यक टू ब्याक रेकर्ड राखेका सुनिलले सोही वर्ष वर्ल्ड मार्शल आर्ट्स च्याम्पीयनशीपमा पनि विभिन्न विधामा गरि ५ स्वर्ण हात परेका थिए ।

सम्भवतस् सुनिल नै यस्ता एक मात्र नेपाली खेलाडी हुन् । जो मार्सल आर्ट्सको ८ विधामा महाराथ हासिल गरि वर्ल्ड च्याम्पीयन बन्न सफल भए ।

उनको यिनै प्रतिभाको कदर गर्दै अन्तर्राष्ट्रिय जगतले उनलाई इन्टरनेशनल मार्शल आर्ट्स अवार्ड, इन्टरनेशनल तेक्वोन्दो अवार्ड, मार्शल आर्ट्स गत सुपर स्टार, गोल्डेन अवार्ड अफ वोर्ल्ड क्लास टाएटल , हल अफ फेम जस्त दर्जनौँ अवार्डबाट सम्मनित भएका थिए ।

अमेरिकाको मेरिल्यान्डमा रहेको चेस्पेएक मार्शल आर्ट्स्को मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका मास्टर सुनिलले आगामी दिनहरुमा विश्वस्तरको खेलाडीहरु उत्पादन गर्नमा आफ्नो समपूर्ण प्रयास रहने बताएका छन ।

नेपाल कुङ्फु संघका संसथापकसमेत रहेका मास्टर सुनिलले च्याम्पियन अफ द वोर्ल्ड उशु कन्टेस्ट २०२१ पनि जितेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com