२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमसीसीको निकास संसदमा संसदीय प्रकृयामार्फत् यथाशीघ्र निकास दिनुपर्ने : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहायता परियोजना (एमसीसी) लाई सम्भव भए राजनीति दलहरु बीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रकृयामार्फत् यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले राजनीतिक दल र संसदबाट निकास नदिए सरकारमाथि गम्भीर प्रश्न तेर्सिने बताए ।

नेता कोइरालाले भने, ‘एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।’

नेता कोइरालाले पार्टीको महाधिवेशन सकेलगत्तै हामी चुनावमा प्रवेश गरिसकेकोले चुनावी अभियानमा एक ढिक्का भई अघि बढ्नुपर्ने पनि उनले बताएका छन् ।
उनले भने, ‘महाधिवेशन सके लगत्तै हामी चुनावी बर्षमा प्रवेश गर्न लागेका छौँ । पार्टी भित्रको एकता, सद्भाव र साथीहरुको न्यायोचित ब्यबस्थापन नै हाम्रो शक्ति हो । हाम्रा घर भित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथी उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन । सभापतिज्युले केन्द्रदेखि वडा सम्मका साथीहरुलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु र यसमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

नेता कोइराले पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पूर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रकृया बमोजिम पूर्णता दिन पनि आग्रह गरेका छन्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com