२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ ।

नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार यहाँ सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो । कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्ध अगाडि बढाइने भएको छ ।

सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रगिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए ।

उनले भने, ुचन्द्रगिरि र कोरियाली नगरपालिकाबीचको भगिनी सम्बन्धले सांस्कृतिक अनुभव आदानप्रदान गर्न नयाँ उचाइ प्राप्त गर्ने छ ।ु सो छलफलमा उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा नेपाल सांस्कृतिक केन्द्र कोरियाका व्यवस्थापक जु जोड गोन, प्रचारप्रसार प्रमुख ह्यान जड ली र नेपाली प्रतिनिधि मणि गौतमको उपस्थिति थियो । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com