२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ अहिले म्युजिक भिडियोमा ब्यस्त

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ अहिले म्युजिक भिडियोमा ब्यस्त छिन् । केही अगाडि ७ वर्षपछि अभिनयमा कमब्याक गरेकी उनी पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियोमै ब्यस्त छिन् । यसै क्रममा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘दुई दिने चोला’ सार्वजनिक भएको छ । गीतकार तथा गायक प्रदीप चापाँगाई र दीपा घिमिरेको स्वरमा रहेको गीतमा उनलाई अनिल थापाले मोडलिङमा साथ दिएका छन् ।

प्रदीपकै शब्द तथा सन्जिव सिंहको संगीत रहेको गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदीप सिंहको छ । प्रेम दिवसको अवसर परेर सार्वजनिक गीतको म्युजिक भिडियो अष्ट्रेलियामा छायाङ्कन गरिएको हो । नमित चन्द ठकुरीले निर्देशन गरेका हुन् ।

सुप्रिम पराजुलीको सम्पादन र आदित्यजंग रानाको छायाङ्कन रहेको भिडियोमा एक प्रेम जोडीको प्रेमकथा देखाउन खोजिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com