२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

नेकपा क्रान्तकारी माओवादीले एसीसीको विरुद्ध निकालिएको मशाल जुलुसमाथी प्रहरी दमन

काठमाडौँ । आज फागुन १ गते जनयुद्ध दिवसका दिन नेकपा (क्रान्तकारी माओवादी) ले एमसिसी खारेजीको नारासहित साँझ काठमाडौँमा निकालेको मशाल जुलुसबाट प्रहरीले पार्टीका पोलिटब्युरो सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।

एमसिसी खारेज गर !

राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ !

दलाल सरकार मुर्दावाद !

यि नाराहरु सहित साँझ एकैचोटि अमेरिकी राजदूतावास अगाडि गोपाल चोक, संसद भवन वानेश्वर र मन्त्री आवास ललितपुरमा प्रदर्शित मशाल जुलुसबाट पार्टीका पोलिटब्युर सदस्य दिनेश शर्मा, केन्द्रीय सदस्य इश्वर तिम्सिना, वसन्त बोगटी, कृष्णभक्त महर्जन, अमिर महजर्नलगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ ।
यसैबीच सो पार्टीका महासचिव कमरेड किरणले वक्तव्य प्रकाशित गरी सो गिरफ्तारीको निन्दा तथा भ्रत्र्सना गर्दै पक्राउ गरिएका नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ अमेरिकी साम्राज्यवादलाई खुसी पार्न दलाल तथा राष्ट्रघाती देउवा सरकारले गरेको यस गिरफ्तारीको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ र गिरफ्तार गरिएका सम्पूर्ण कमरेडहरुलाई तुरुन्त बिनाशर्त रिहा गर्न माग गर्दछ । साथै, राष्ट्रघाती एमसीसी खारेजीका लागि आवाज बुलन्द गर्न र संघर्षमा उत्रिन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी समूह, समुदाय तथा व्यक्तित्वहरुमा हार्दिक अपिल गर्दछौं ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com