२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डको अध्यक्षमा सबु पौडेल

काठमाडौं । नेपाली भाषा, साहित्य, संगीत, कला तथा संस्कृतिको जगेर्ना तथा प्रवर्दन गर्ने उदेश्यले सन् २००८ देखि नेदरल्याण्डमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको संस्था नेपाल म्यूजिक फाउण्डेशनको पाँचौ माहाधिवेशन बाट अध्यक्षमा साबु पौडेल निर्वाचित भएकी छन् ।

फेब्रुअरी १३, २०२२ मा जुम प्रबिर्धी बाट संचालित पाँचौ महाधिवेशनबाट अध्यक्षसँगै महासचिवमा राजेन्द्र शर्मा ९नेपाल प्रेमी० र कोषाध्यक्षमा रश्मिता पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमस शरद जोशी, भिम रोका, बालकृष्ण गुरुङ, अम्बिका गिरी र रेसोनिका कंडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक शशी पौड्यालले जानकारी दिए ।

नेदरल्याण्डको नेपाली समुदाय र कला तथा संस्क्रिती क्षेत्रमा गहिरो योगदान पुर्याएकी सबु पौडेलले म्युजिक फाउण्डेशनलाई अर्को अन्तराष्ट्रिय उचाइमा लैजाने र नेपाली समुदायका सबै संघसंस्थाहरुसँग नजिक बाट सहकार्य गर्दै नेपाली कला र संस्क्रितीको जगेर्ना र प्रवर्दन गर्ने प्रतिबद्धता जाहेर गर्दै संघका अग्रजहरु र निबर्तमान कार्यसमितिका आदरणिय सम्पूर्णमा अभार ब्यक्त गरिन् ।

पाँचौ महाधिवेशनको प्रमुखअतिथी तथा संस्थापक अध्यक्ष शरदा बराइलीले नेपाल म्युजिक फाउण्डेशनले सन २००९ मा नेदर्ल्याण्डको तत्कालिन रानी बिआट्रिक्सलाई नेपाली संगीत र निर्त्य पर्दर्शनी गरि राजाकिय ईतिहास बोकेको छ भन्दै निर्वाचित कार्यसमितिले संस्थाको लक्ष प्राप्तिको लागि उर्जासिल भएर काम गर्ने छ भन्ने बिश्वास ब्याक्त गरे।

साथै निबर्तमान अध्यक्ष आर के सुबेदीले कोरोना कहरका बावजुत पनि अन्तराष्ट्रिय गजल प्रतियोगीता जस्ता कार्यक्रम गर्न समेत नेपाल म्युजिक फाउन्डेशन सफल भएको भन्दै प्रगती तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

पाँचौ महाधिवेशन कै अवसरमा नवनिर्बाचित कार्यसमितिले फाउण्डेशनको संरक्षक परिषद पनि मनोनयन गरेको घोषणा नवनिर्वाचित अध्यक्ष सबु पौडेलले आफ्नो मन्तव्यमा बताए।

पाँच जना रहेको संरक्षक परिषद्मा शशी पौड्याल, शरदा बराइली, हरी पौडेल, बर्षा खडका र आर के सुबेदी छन भने सल्लाहकार समितिमा उत्तम कंडेल, धन कुमार बोहरा, रामचन्द्र ९पदम० क्षेत्री, शर्मिला प्रधान, डि।पि। मैनाली, डम्बर चुडाल, राजेन्द्र कंडेल र संघर्षशिल के सि मनोनयन भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com