२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका९ वतन भई काठमाडौँ महानगरपालिका–२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौँ महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् ।

उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले सुरजलाई २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमितलाई २०७७ मङ्सिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । सुरजलाई आइतबार काठमाडौँ गोंगबुबाट र सुमितलाई सोमबार लाजिम्पाटबाट फेला पारी पक्राउ गरिएको हो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com