२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध गर्ने भएको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु र भातृ संगठनका अध्यक्षरप्रतिनिधिको संयुक्त बैठकले एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकालेको हो ।

एमसीसीबारे सरकारले राजनीतिक दलका बीचमा समझदारी कायम नगरेको, राष्ट्रहित विपरितका केही विवादास्पद प्रावधान संशोधन नगरिएको, सिंगो देश र जनतालाई विभाजित गरेको भन्दै देशभन्दा ठूलो एमसीसी नभएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार २१ वटा भ्रातृ संगठन फागुन ४ गतेदेखि राजधानीमा संयुक्त रुपमा विरोध प्रदर्शनमा उत्रिँदैछन् । पहिलो दिन बबरमहलबाट शुरु हुने र्‍याली बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com