२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै

रासस

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लागेका छन् । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नेछन् ।

धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गरेका थिए । विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सभामुख र अध्यक्ष भनेको फूलहाउसको नेता भएकाले समितिलाई निर्देशन दिने, आवश्यकतानुसार बैठकमा सहभागी हुने सामान्य विषय भएको प्रतिक्रिया दिए । उनले भने, “समिति भनेका मिनी पार्लियामेन्ट हुन्, त्यसले गर्ने सम्पूर्ण कामकारवाही भनेकै फूलहाउसलाई सहयोग पु¥याउने हो । हाउसका नेताले समन्वय गर्ने, के छ, कसो छ भनेर बुझ्न र भन्न सकिन्छ ।”

विगतमा पनि कार्यसूची र विषयवस्तुका गाम्भीर्यताका आधारमा समितिका बैठक संयुक्त बस्ने गरेको तथा त्यस्ता बैठकमा सभामुखको पनि उपस्थितिको अभ्यास भइसकेको बताइएको छ । राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com