२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एमसीसी पास भए देश संकटमा : जनमोर्चा

काठमाण्डौं । राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा देश भर प्रर्दशन गर्ने जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहित मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि वढाउने निर्णय संगै राष्ट्रिय जनमोर्चाले देशभर आन्दोलन गर्ने भएको हो ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धारणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो। अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुँदैन,’ जनमोर्चा नेता आन्नद शर्माले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन्।’

अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको शमाले जानकारी दिएका छन्।
उनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदबाट पारित हुने अवस्था छैन। उनले भने, कुनै पनि हालतमा मर्न परेपनि एमसीसी पास हुन दिने छैनौ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापाले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए। उनले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए। एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा थापाले जोड दिए।

राष्ट्रिय जनमोर्चाले एमसीसी परियोजन देश र राष्ट्रको हितका नभई चिन कव्जा गर्ने र देशलाई समाज्यवादीहरुको क्रिडा स्थल बनाउन र आफ्नो व्यक्तिगत फाईदाका लागि निहित स्वार्थमा विदेशी मतियारहरु संकृय भएर देशलाई रणमैदान वनाउन लागेको आरोप छ । देशको हित र रक्षाका लागि सवै नेपालीहरु एमसीसीको लडाईमा मैदानमा आउन’ पर्ने जनमोर्चाले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com