२०८१ बैशाख ५ - Wed Apr, 2024 -

Janasewa News

प्रजातन्त्र दिवसले विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिल्नेछ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपतिले भन्नुभएको छ, “विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२र६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धीलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ ।”

ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रुपमा यस दिवसलाई लिइएको स्मरण गर्नुहुँदै उपराष्ट्रपतिले प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने महान वीर वीरंगनाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रजातन्त्र प्राप्तीपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष गर्नुपरेको भन्दै उहाँले प्रजातन्त्र दिवसको अवसरमा शुभकमना दिनुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com