२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पुष्पलाल स्मृति ब्याडमिन्टन : अनुमाया र प्रिन्सले जिते उपाधि

नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ्ग ११ औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिलालाई दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट लागेको थियो । अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् । महिला एकल तर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशलदेवी तामाङ र अमिता गिरीले नगद १२ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

खेल सामाग्री उत्पादक संस्था लिनिङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल ९उच्च १६ औं बरियता प्राप्त० मा बिश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन् ।

बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे । यस्तै पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

विजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे । यस्तै उपबिजयीले नगद १० हजार र तृतीयले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे । पुरुषको उच्च १६ बरियता देखि बाहेककोमा कास्कीका विधान अधिकारीले बाजी मार्दै उपाधि उचाले । अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२, २१–११ को जित हात पारे ।

यस्तै महिला तर्फ एनआरएन सानिया चन्दले उपाधि उचालिन् । चन्दले कैलालीकी एलिना सुनारलाई २१–१८, २२–२० ले पराजित गर्दै उपाधि कब्जा गरेकी हुने । यस विधामा बिजयीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थानकाले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले जित हात पारे । उनले १६ फिदरका क्षितिज खनाल माथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिला तर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधी जितिन् ।

विजयी खेलाडीहरूले नगद १५ हजार र उपबिजयीले ८ हजार प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले ४४ हजार प्राप्त गरे । यसका साथै विजयी सबै खेलाडीले मेडल, प्रमाण पत्र र ट्रफी पनि हात पारे । विजेताहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com